काठमाडौं–नेपाल टेलिकमले संविधान दिवसका अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ।
यही असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक ५५ रुपैयाँ प्रति प्याकमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ। यस्तो प्याक खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।
साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा १५ रुपैयाँमा १ जीबी डाटा प्याक खरिद गरी प्रयोग गर्न सकिने सुविधासमेत उपलब्ध हुनेछ। यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ।
हाल समर अफरअन्तर्गत २८ दिनको समयावधि हुने दैनिक १ जीबी डाटा प्याक ८५० रुपैयाँमा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको उल्लेख गरिएको छ। सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा ५ सय ५५ रुपैयाँमा उपलब्ध हुनेछ ।
संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु एस्टिक १४१५ एस्टिक ११ ह्यास् डायल गरी प्राप्त गर्न सकिनेछ। साथै, ग्राहकको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याक खरिद गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।