काठमाडौं- बिहीबारका प्रमुख घटनाक्रमसहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरू
१) कोरोना माहामारीले बन्द लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा, स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आधा यात्रु राखेर गाडी चलाउँदा सञ्चालन खर्च नपुग्ने व्यवसायीको चिन्ता । ( चिन्तामा व्यवसायी )
२) २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु, ३८३ पुगे मृतक, काठमाडौं उपत्यकामा ६१८ सहित १ हजार २४६ जनामा संक्रमण, ५९ हजार ५७३ पुगे संक्रमित । ( नेपालमा ३८३ पुगे मृतक)
३) कक्षा १२ को परीक्षाका लागि परीक्षा बोर्डले पेश ग¥यो दुई विकल्प, परम्परागत रुपमा चरणबद्ध अथावा १०० पूर्णांकमध्ये केहि लिखित र प्रयोगात्मक लिन सकिने सुझाव । ( बोर्डले दियो दुई विकल्प )
४) तत्काल गलत क्रियाकलाप सुधार्न र चिनियाँ सेनासँग निहुँ नखोज्न भारतलाई चीनको चेतावनी, भारतले द्विपक्षीय सहमति उल्लंघन गर्दैै चिनियाँ सैनिकलाई धम्काउन गोली चलाएको दाबी । ( भारतलाई चीनको चेतावनी )
५) र, इंग्ल्यान्डसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा अस्ट्रेलियाको २–१ को जित, इंग्ल्यान्ड ३ विकेटले पराजित, म्याक्सवेल र एलेक्सको शतक । ( अस्ट्रेलियालाई सिरिज )
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।