काठमाडौं– पेट्रोलमा पानी मिसाउने दुई ट्याङ्कर चालक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ का २६ वर्षीय राजेश विश्वकर्मा र मकवानपुरको हेटौंडा नगरपालिका–११ नवलपुरका २९ वर्षीय सन्तोष खड्का छन्।
नेपाल आयल निगमअन्तर्गत अमलेखगञ्ज डिपोमा निगमको करारनामामा रहेकामध्ये ना ७ ख ३९२३ र ना ७ ख ४०९३ नम्बरको ट्याङ्करमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी ल्याउने क्रममा उनीहरुले बीच बाटोमा पानी मिसावट गरेका थिए।
२ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजको डिपोमा पेट्रोल खन्याउनुपूर्व निगमको गुणस्तर विनियमावालीअनुरुप गुणस्तर चेकजाँच गर्दा मिसावट रहेको पाइएको थियो।
पक्राउ परेका उनीहरुलाई कालो बजार तथा अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट दिन १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।