काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले तीन दिनपछि ‘डिस्चार्ज’ हुने बताएका छन्।
कोरोना संक्रमणबाट होम आइसोलेसनमा रहेका कोइरालालाई ज्वरो देखिएपछि मंगलबार साँझ ओम अस्पताल चाबहिलमा भर्ना गरिएको थियो। अस्पतालको आइसोलेसनमा रहेका कोइरालाले भिडिओ सन्देश सार्वजनिक गरेका छन्। उनले भने,‘ओम नर्सिङ होममा आइसोलेसनमा छु। तपाईहरुले चिन्ता गर्नु पर्दैन।’
अस्पतालबाट २/३ भित्रै डिस्चार्ज हुने उनले बताए। आफ्ना शुभेच्छुकमा सन्देश प्रवाह गर्दै कोइरालाले चिन्ता नलिन आग्रह गरेका छन्।
कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।