काठमाडौं– कोरोना ‘हटस्पट’ बनेको काठमाडौं महानगरपालिकामा ५० संक्रमितले ज्यान गुमाएका छन्। देशभर ३ सय ७९ संक्रमितको मृत्यु भएकामा काठमाडौं महानगरमा मात्र ५० जनाको मृत्यु भएको हो।
काठमाडौं जिल्लामा मात्र ११ हजार २ सय ३९ जना संक्रमित रहेका छन् । भदौ ३० गतेसम्मको महानगरको तथ्यांक अनुसार महानगरमा ६ हजार २९ संक्रमित रहेका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय ९७ छ।
नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यसमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार २ सय २४ छ।
आधा मानिस होम आइसोलेनमा
महानगरका सबै वडामा संक्रमण पुगिसकेको छ। यसरी संक्रिमत भएकामध्ये आधा मानिस होम आइसोलेसनमा छन्। कुल संक्रमितमध्ये १७ सय ७ जना होम आइसोलेसनमा छन्। १२ सय ९० जना संस्थागत आइसोलेसनमा रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ।
अस्पतालमा ४ सय ५ जना रहेका छन्। विवरण खुल्न नसकेका ४ सय ५२ संक्रमित महानगरमा रहेका छन्। महानगरमा २ हजार १ सय २५ जना संक्रमणमुक्त भएका छन्।
कुन वडामा कति संक्रमित ?
- वडा न १ नक्साल- १४१, मृत्यु १
- वडा न २ लाजिम्पाट- ४४, मृत्यु ०
- वडा न ३ महारागञ्ज- ३७३, मृत्यु १
- वडा न ४ धुम्वाराही- १७९, मृत्यु ३
- वडा न ५ हाँडीगाउँ- ९३, मृत्यु ३
- वडा न ६ बौद्ध- १०९, मृत्यु १
- वडा न ७ मित्रपार्क- २०८, मृत्यु ४
- बडा न ८ जयवागेश्वरी-१४३, मृत्यु ०
- वडा न ९ गौशाला-१४८, मृत्यु १
- वडा न १० बानेश्बर-१४५, मृत्यु ३
- वडा न ११ त्रिपुरेश्वर-३२९, मृत्यु १
- वडा न १२ टेकु- ८९, मृत्यु २
- वडा न १३ कालिमाटी-३०१, मृत्यु ३
- वडा न १४ कलंकी-२७०, मृत्यु १
- वडा न १५ स्वायम्भु-५६४, मृत्यु १
- वडा न १६ बालाजु-४१५, मृत्यु ३
- वडा न १७ खुशिवु-९३, मृत्यु १
- वडा न १८ नरदेवी- ३६, मृत्यु ०
- वडा न १९ कंकेश्वरी-२५, मृत्यु ०
- वडा न २० भिमसेनस्थान-६०, मृत्यु २
- वडा न २१ लगन- ७१, मृत्यु ४
- वडा न २२ संकटा- ६४, मृत्यु १
- वडा न २३ ओमबहाल-६८, मृत्यु ०
- वडा न २४ मखन- ६५, मृत्यु ०
- वडा न २५ नःघल-६२, मृत्यु ३
- वडा न २६ लैनचौर- १७८, मृत्यु १
- वडा न २७ इनबहाल-२८०, मृत्यु ४
- वडा न २८बागवजार-३२१, मृत्यु १
- वडा न २९ डिल्लीबजार-१६७. मृत्यु ०
- वडा न ३० ज्ञानेश्वर-८७, मृत्यु २
- वडा न ३१ शान्तिनगर-१२५, मृत्यु १
- वडा न ३२ कोटेश्वर-४५२, मृत्यु २
- अन्य ४५२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।