कैलाली- कैलालीमा कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार मृत्यु भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा पहिलो पटक प्लाज्माथेरापी गरिएकी ५७ वर्षीया कोरोना संक्रमित महिलाको बेलुका ५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले जानकारी दिएका हुन्।
उनका अनुसार भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाई श्वासप्रश्वासमा समस्या आएपछि भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा परीक्षण गर्दा महिलामा सुगर र थाइराइडको समेत समस्या देखिएको उनले बताए।
विगत एक हप्तादेखि भेन्टिलेटरमा राखेर उपचार गरिए पनि उनलाई बचाउन नसकिएको अस्पतालको भनाइ छ। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
संक्रमितको प्लाज्मा थेरापीमार्फत उपचार भएको थियो भने रेम्डेसिबिर औषधिसमेत प्रयोग गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।