काठमाडौं- भदौ ३१ गते बुधबार देशभर १ हजार ५ सय ३९ जना नयाँ कारोना संक्रमितको संख्या थप भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २४ घण्टामा कुल १० हजार ४ सय ९४ जनाको परीक्षणमा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण देखिएको हो।
२४ घण्टामा भएको परीक्षण र संक्रमतिको संख्याको आधारमा १०० जनाको कारोना परीक्षणमा १५ जनाको कारोना संक्रमण देखिएको छ। भदौ ३१ गते नयाँ थपिएको संख्या कुल परीक्षण संख्याको आधारमा १४ दशमलव ६६ प्रतिशत हो। यो अहिलेसम्मकै सबैभन्दा बढी हो।
तर, अहिलेसम्मको तथ्यांकलाई हेर्नेको भने कुल परीक्षण संख्याको ६ दशमलव ६८ प्रतिशत मात्रै संक्रमित छन्। अहिलेसम्म कुल ८ लाख ७२ हजार २ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा ५९ हजार ३ सय २७ जनाको कोरोना संक्रमण देखिएको छ।
तर, पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्या दैनिक परीक्षणको आधारमा १० प्रतिशतभन्दा बढी नै छ। यसैगरी भदौ ३० गते कुल संक्रमितको संख्या १ हजार ४ सय ५९ थियो।
सोही दिन परीक्षणको संख्या भने १० हजार ३ सय ७५ थियो। कुल परीक्षणमा देखिएको संक्रमितको संख्याको आधार संक्रमित १४ दशमलव ०६ प्रतिशत हो। यसको १ सय जनाको परीक्षणमा १४ जनाका संक्रमण देखिएको छ।
यसैगरी २९ गते भएको परीक्षण संख्याको आधारमा संक्रमित १० दशमलव ७५ प्रतिशत थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।