काठमाडौं- पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो कुल संक्रमितको ७१.५ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ।
पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार २३७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपालमा पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टायता थप १ हजार ५३९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५७ हजार ३२७ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा छन् भने ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्।
पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पिसिआर परीक्षण भएको छ। योसहित ८ लाख ७२ हजार २७४ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टायता १०६८ जना निको भएका छन्। हालसम्म ४१ हजार ७०६ जना निको भएका छन्। यो ७१ दशमलव ५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।