• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लक्षण नभएका फ्रन्टलाइनरको पिसिआर नगर्ने निर्णयपछि स्वास्थ्यकर्मी भन्छन्- मनोबल कमजोर पार्ने काम भयो

सिर्जना खत्री बुधबार, भदौ ३१, २०७७  १४:३२
1140x725

काठमाडौं- सरकारको कोभिड-१९ को उपचार (फ्रन्टलाइन)मा खटिएका स्वास्थ्यकर्मीहरूमा लक्षण नदेखिएसम्म कोरोनाको आरटिपिसिआर परीक्षण नगर्ने सरकारको निर्णय आलोचना भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीभानुभक्त ढकालको उपस्थितिमा भदौ २८ गते मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले लक्षण देखिएकाहरूको मात्र पिसिआर परीक्षण गर्ने निर्णय गरेपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीलगायत सरोकारवालाहरूले विरोध गरेका हुन्।

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाई काम गराउनुपर्नेमा सरकारका यस्ता निर्णयले मनोबल कमजोर बनाउने काम गरेको आरोपसमेत स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। 

फ्रन्टलाइनमा खटिएका तर लक्षण नदेखिएका स्वास्थ्यकर्मीले पिसिआर गर्न चाहेमा आफैं पैसा तितेर परीक्षण गर्नुपर्नेछ।

स्वास्थ्य मन्त्रालयको हालसम्मको तथ्यांकअनुसार देशभर ७ सय ४४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्। जसमध्ये डाक्टर २११, नर्स १९२, स्वास्थ्यकर्मी ७६, प्रयोगशालामा काम गर्ने कर्मचारी ४३, पद नखुलेका स्वास्थ्यकर्मी ९१ र अन्य स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी (रेडियोलोजिस्ट, सरसफाईकर्मीलगायत) १३३ जना रहेका छन्। 

’कोभिड-१९ को लक्षण वा चिन्ह देखिएका व्यक्तिहरूमा मात्रै आरटी पिसिआर परीक्षण गर्ने,’ मन्त्रालयले गरेको सो निर्णयमा उल्लेख छ, ’अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी (खासगरी उपचारमा खटिने चिकित्सक, नर्स, प्रयोगशाला तथा सरसफाई कर्मचारीहरुमा) कुनै लक्षण वा चिन्ह देखिएमा वा व्यक्तिगत सुरक्षा सामग्री उपयुक्त ढंगले नलागेको शंका भएमा मात्रै आरटी पिसिआर परीक्षण गर्ने।’

सरकारी चिकित्सक संघका अध्यक्ष डा रविन खड्का बिरामीसँग प्रत्यक्ष रुपमा एक्सपोज भएका स्वास्थ्यकर्मीको पिसिआर गर्नुपर्ने बताउँछन्। ‘अहिले पिसिआर परीक्षणमा मिस्डयुज भएको पनि छ। सरकारले त्यसलाई व्यवस्थित गर्दै पर्याप्त व्यक्तिगत सुरक्षा सामग्री व्यवस्थापन पनि गर्नुपर्छ। तर सबै कोभिडमै खटिएका स्वास्थ्यकर्मीकोसमेत पिसिआर नगर्ने निर्णय गलत छ।

नेपाल चिकित्सक संघले सरकारको यस्तो निर्णयले संक्रमण समुदायमा फैलन खतरा बढेको बताएको छ। चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले लक्षण भएकाहरूको मात्र पिसिआर जाँच गर्ने निर्णयले संक्रमण नियन्त्रण गर्नुको साटो अझ बढाउने बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस विषयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटी निर्णय सच्याउन ज्ञापनपत्र बुझाएकोसमेत उनले जानकारी दिए। उनले भने, ‘यो विषयमा स्वास्थ्यमन्त्री समक्ष कुरा राखेका छौँ। मन्त्रीज्यूले मन्त्री परिषद्‍बाट त्यो निर्णय सच्चिएर आउने आवश्वासन दिनुभएको छ। आशा छ यो निर्णय सच्चिने छ।’

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई पनि सरकारको निर्णय गलत भएकोले सच्याउनुपर्ने  बताउँछिन्। उनले कोरोना संक्रमितको उपचारमा सबैभन्दा बढी नर्स स्वास्थ्यकर्मी र ल्याबका जनशक्ति खटिने भन्दै उनीहरुका  हतोत्साहित गर्ने निर्णय भएको बताइन्।

उनले भनिन्, ‘हामीले पहिलेदेखि भन्दै आएका छौं। कि फ्रन्टलाइनमा खटिएका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको सबैको लक्षण देखिएका, नदेखिएका सबैको प्राथमिकतामा राखेर पिसिआर जाँच गर्नुपर्छ। मुख्य संक्रमितको उपचार खटिने नर्स  र स्वास्थ्यकर्मी हुन्। जोखिममा पनि उनीहरू नै बढी छन्।’ पिसिआर परीक्षण शुल्कसमेत कम भइरहेको सन्दर्भमा यस्तो निर्णय आउनु निराशानजक भएको उनको भनाइ छ। 

मेडिकल ल्याबोरेटरी एसोसियसन नेपाल (मेलान)का अध्यक्ष राजेन्द्र खड्काले सरकारले गरेको निर्णय असान्दर्भिक भएको बताए।  उनले भने, ‘स्वास्थ्यकर्मीले अहिले ३ सिफ्टको काम गरिरहेका छन्। तीनसम्म पिपिई लगाउने, फुकाल्ने समय संक्रमण हुन सक्छ। संक्रमण भई फैलन सक्छ। यस्तो अवस्थामा पिसिआर जाँच नगर्ने कुरा गलत छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सरकारले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउनुको सट्टा झन् कमजोर बनाउने काम गरेको गुनासो गरे। उनले सरकारले यो निर्णय तत्काल सच्चाई  फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीको निःशुल्क परीक्षण गर्ने व्यवस्था  गर्न माग गरे।

नेपाल स्वास्थ्यकर्मी संघका महासचिव दीपकराज भट्टले ९० नेपालमा प्रतिशतभन्दा बढी मानिस लक्षणविहीन भएकाले  उनीहरुको जाँच नगर्दा समुदायमा भयावह स्थिति हुने भएकाले सरकारको निर्णय गलत भएको बताए।

उनले भने, ‘फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी उपचार खटिएर घर जानुपर्छ। घरमा वृद्ध बाआमा र बच्चाहरु पनि हुन्छन्। उनीहरुलाई घर बाहिर जान नदिने तर आफूचाँहि संक्रमितको उपचारमा खटिएर जाँच नगरी घर जाँदा उनीहरु संक्रमित हुने खतरा बढी हुन्छन्। त्यसैले यो निर्णय तत्काल सच्याउनुपर्छ।’

राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष भक्तिमान सुब्बाले फ्रन्टलाइन काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी राज्यले लिनुपर्ने बताए। उनले भने, ‘स्वास्थ्यकर्मीलाई काममा प्रेरित गर्न मनोबल बढाउने काम राज्यले गर्नुपर्छ। पिसिआर जाँच भनेको एउटा सस्त्र जस्तै हो। जाँच नगर्ने हो भने आफूलाई संक्रमण भएको छ कि वा आफूबाट अन्यलाई सर्छ कि भन्ने डर सधै भइरहन्छ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १४:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्