काठमाडौं–आर्सनलका कप्तान पियरे एमिरिक औबामेयाङले क्लबसँग सम्झौता नवीकरण गरेका छन्। उनले तीन वर्षको नयाँ सम्झौता गरेका हुन्।
३१ वर्षीय फरवार्ड औबामेयाङ यो सम्झौतासँगै २०२३ सम्म आर्सनलमा रहने भएका छन्। इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा आफ्नो पहिलो खेलमा आर्सनलले फुलहामलाई ३–० गोलअन्तरले पराजित गर्दा औबामेयाङले एक गोल गरेका थिए।
सन् २०१८ मा जर्मन क्लब बोरुसिया डटर्मन्डबाट इंग्लिस क्लब आर्सनल आएका उनले पहिलो सिजनमै इंग्लिस प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए। उनी ५६ मिलियन पाउण्डमा आर्सनलमा अनुबन्धित भएका थिए। उनले आर्सनलका लागि १११ खेलबाट ७२ गोल गरेका छन्। उनले इंग्लिस प्रिमियर लिगमा ८६ खेलबाट ५५ गोल गरेका छन् भने १२ एसिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।