काठमाडौं- काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेट जाँदा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भौगर्भिक संस्था युएसजिएसले उल्लेख गरेको छ।
पृथ्वीको सतहभन्दा १० किलोमिटर मुनिबाट उत्पन्न भएको भूकम्पको केन्द्रबिन्दु कोदारीभन्दा ११ किमी दक्षिण पश्चिम रहेको युएसजिएसले तथ्यांक अपडेट गरेको छ।
यद्यपि राष्ट्रिय भूकम्प केन्द्रले भने सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।