काठमाडौं- सरकारले हवाई भाडा ५० प्रतिशत बढाउने निर्णय गरेको छ। सोमबार बसको मन्त्रिपरिषद्ले असोज १ गतेबाट आन्तरिक उडान सुरु गर्ने निर्णयसँगै हवाई भाडा पनि ५० प्रतिशत बढाउने निर्णय गरेको हो।
सरकारले ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने र एक साइडमा मात्रै यात्रु राख्न पाउनेगरी उडान सुरु गर्ने निर्णय गरेको हो।
आन्तरिक हवाई उडान सुरु गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार छलफल समेत राखेको छ। मंगलबारको छलफलबाट नै हवाई भाडा समेत तोकिने भएको छ।
हवाई भाडा तोक्ने अधिकार मन्त्रिपरिषले मन्त्रालयलाई नै दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।