काठमाडौं- सरकारले असोज १ गतेबाट होटल रेस्टुरेन्ट र ट्रेकिङ व्यवसाय खुला गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरषद् बैठकमा असोज १ गतेबाट यस्ता सेवा संचालन गर्न अनुमति दिने निर्णय भएको जानकारी सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका हुन्।
यस्तै सरकारले असोज १ बाट नै आन्तरिक उडान र लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णयसमेत गरेको छ। तर यी सबै सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने समेत उनले जानकारी दिए।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नुभन्दा पहिले नै यी दुवै सेवा संचालनमा रोक लगाएको थियो। अब सुरक्षाका उपाय अपनाएर लामो दूरीका सार्वजनिक यातायात र हवाइ सेवा संचालन हुने भएको हो। यसका लागि सरकारले मापदण्ड तयार गरिसकेको छ।
मन्त्री ज्ञवाली सरकारका प्रवक्ताका रूपमा आयोजना भएको मंगलबारको पत्रकार सम्मेलन पहिलोपटक हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।