काठमाडौं- देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। मंगलबार १५ हजार ७ सय ७९ जना संक्रिय संक्रमितमध्ये ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। बाँकी सक्रिय संक्रमित भने संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ३ हजार ९ सय जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश २ मा १ हजार २ सय ८८, प्रदेश १ मा १ हजार १ सय १६, प्रदेश ५मा ७ सय ६४ सुदूरपश्चिम प्रदेशमा २९३, गण्डकी प्रदेशमा १८२ र कर्णाली प्रदेशमा ९७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।