फाइल तस्बिर
काठमाडौं- नेपालमा एकै दिन ११ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ७१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
७ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
सर्लाहीमा ६४ वर्षीय पुरुष, सिरहामा ३५ वर्षीया महिला, बारामा ५५ वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा ६ वर्षीया महिला, ३४, ९६ र ६६ वर्षीय पुरुष, मकवानपुरमा ६१ वर्षीय पुरुष, रुपन्देहीमा ६४ वर्षीया महिला र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ।
यसअघि नेपालमा सोमबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।
पछिल्लो २४ घण्टायता थप १ हजार ४५९ नयाँ संक्रमित थपिएका छन्। योसहित हालसम्म ५६ हजार ७८८ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर सक्रिय संक्रिय संक्रमितको संख्या १५ हजार ७७९ छ भने ८ हजार १३९ संस्थागत आइसोलेसनमा छन्। ७ हजार ६४० जना होम आइसोलेसनमा छन्।
आज १० हजार ३७५ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७ हजार २५० छन्।
आज १०६२ जना निको भएर घर फर्किएका छन्। हालसम्म ४० हजार ६३८ जना निको भएका छन्। यो ७१ दशमलव ५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।