काठमाडौं–गण्डकी प्रदेशमा थप ४७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो।
तनहुँका ९ जना, कास्कीका ३, गोरखाका १, लमजुङका १, मनाङका १, स्याङजाका १२ र नवलपरासीपूर्वका २० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।