• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

के कोभिड-१९ टेष्ट सबैले गराउनै पर्छ? यी हुन् पिसीआर परीक्षणसम्बन्धी १८ जिज्ञासा र उत्तर

डा शंकर काफ्ले र राजेशकुमार गुप्ता मंगलबार, भदौ ३०, २०७७  ११:५०
1140x725

हाल विश्व महामारीको रूपमा फैलिएको कोभिड-१९ को निदान पिसीआर विधिबाट हुँदै आएको छ। सुरुको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट मात्र सो टेष्ट हुँदै आएकोमा हाल देशका ७ वटै प्रदेशका ५० भन्दा बढी ल्याबबाट यो सेवा दिइएको छ। सो टेस्टका बारेमा विभिन्न माध्यमबाट जनातामा धेरै चेतना र ज्ञान भइसकेको अवस्थामा केही जिज्ञासा पाइएको हुँदा केन्द्रीय प्रयोगशालाको रुपमा कार्य गर्दै आइरहेको जनस्वास्थ्य प्रयोगशाला टेकुलाई फोकस गरी निम्न बुँदा यहाँ उल्लेख गरिएको छ।

१)    कोभिड-१९ को परीक्षण कुन ठाउँमा गरिन्छ?
यो टेष्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु लगायत देशका ७ वटै प्रदेशका ५० वटा प्रयोगशालामा गरिन्छ र थप प्रयोगशाला स्थापना हुने क्रममा छन्। (उक्त प्रयोगशालाहरुको नाम हेर्न nphl.gov.np मा जानुहोला)

२)    कोभिड-१९ टेष्टको लागि कति पैसा लाग्छ?
हालसम्मको नेपाल सरकारको निर्णयानुसार नेसनल टेस्टिङ गाइडलाइनमा पर्ने बिरामीको सरकारी अस्पतालमा निशुल्क परीक्षण गरिन्छ। निर्देशिकामा नपर्ने तथा निजी अस्पताल–ल्याबमा गरिने टेष्टको लागि अधिकतम रु.२०००।– लाग्छ।

३)    के कोभिड-१९ टेष्ट सबैले गराउनै पर्छ?
बिमारीको हकमा डाक्टरको परामर्शपछि मात्र यो टेस्ट गराउँदा राम्रो हुन्छ। एक पटक गरेको पिसिआर रेपोर्ट केही दिनलाई मात्र मन्यता हुने हुँदा अन्य व्यक्तिहरुले आवश्यक छ भने मात्र गराउन उचित हुन्छ।

४)    किन एउटै व्यक्तिको फरक ल्याबमा फरक रिपोर्ट आयो भनी हल्ला हुन्छ? 
पिसिआर विधिबाट भाइरसको उपस्थिति (पत्ता लगाउन सकिने मात्रामा भएमा) हेर्ने     हो, त्यसैले–
–आज टेस्ट पोजेटिभ आएको व्यक्ति भोलि नेगेटिभ हुनसक्छ, आज टेस्ट नेगेटिभ आएको व्यक्ति भोलि पोजेटिभ हुनसक्छ।

–राम्रो संग निकालिएको नमुनाको सही नतिजा आउछ, नराम्रोसँग निकालिएको नमुनाको सही नतिजा नआउन सक्छ।

– राम्रोसँग कोल्ड चेन नमिलाई पठाएमा पोजेटिभ नमुनाको पनि नेगेटिभ  आउन सक्छ।

यो भन्दा फरक किसिमको समस्या भए राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुमा उजुरी दिन सकिने छ।  

Ncell 2
Ncell 2
nimb
nimb

५)    मैले आफ्नै खर्चमा टेष्ट गराउन कहाँ जाने?
माथि उल्लेख भएका कोभिड-१९ को परीक्षण गर्ने नजिकको प्रयोगशालामा सम्पर्क गर्नुहोला।

६)    के कोरोना भाइरस टेष्टको लागि नमुना संकलन गर्दा व्यक्तिलाई अफ्ठ्यारो हुन्छ?
यस टेष्टको लागि थ्रोट स्वाब नमुना संकलन गरिन्छ। त्यही बेला नाक र घाँटीमा केही अफ्ठ्यारो महसुस हुने र खोकी लाग्ने र (५-१० प्रतिशतमा) नाकमा रगत देखापर्ने हुनसक्छ। 

७)    के ६-७ घण्टाभित्र कोभिड-१९ टेष्ट नगरे नमुना बिग्रन्छ?
नमुना नबिग्रियोस् भन्ने हेतुले कोल्ड बक्समा कोल्डचेन मेन्टेन गरी नमुना ढुवानी गरिन्छ। नमुना स्टोरेजको आधारमा नमुना सुरक्षित राख्न सकिन्छ। २ देखि ८ डिग्री सेन्टिग्रेडमा एक हप्ता, २० डिग्री सेन्टिग्रेडमा एक महिना, ८०डिग्री सेन्टिग्रेडमा महिनौंसम्म। 

८)    कोभिड-१९ परीक्षणको रिपोर्ट आउन कति समय लाग्छ?
नमुना परीक्षण गर्ने ल्याबको रेकर्ड हेर्दा प्राय ल्याबले नमुनाको लोड हेरी नमुना आएको २४–७२ घण्टासम्ममा रिपोर्ट उपलब्ध गराएको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

९)    के नेगेटिभ र पोजेटिभ रिपोर्ट पाउने समय फरक पर्नेछ?
फरक पर्नेछ।
–    यदि रिपोर्ट नेगेटिभ भएमा बिरामीलाई सो रेपोर्टको जानकारी जानेछ।
–    यदि रिपोर्ट पोजेटिभ भएमा रिपोर्ट सुरुमा बिरामीलाई जाने छैन, सो रिपोर्ट इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) मा जानेछ। तहाँबाट स्थानीय निकायमा खबर गरी बिरामीलाई सुरक्षित ठाउँमा व्यवस्थापन भएपछि मात्र नमुना संकलन गर्ने फोकल व्यक्ति वा बिरामीलाई रिपोर्टको जानकारी जानेछ।

१०)    कोभिड-१९ परीक्षणको रिपोर्ट कसरी प्राप्त गर्ने?
ल्याब अनुसार व्यक्ति नै ल्याबमा पुगेर लिने वा वेबसाइटबाट लिने व्यवस्था मिलाइएको हुनसक्छ। तसर्थ, नमुना दिने बेला नै रिपोर्ट के-कसरी प्राप्त गर्नेबारे बुझ्नुहोला।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हकमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइट nphl.gov.np मा लगइन गरेर त्यहाँ दिएको निर्देशन अनुसार सो रिपोर्ट हेर्न या निकाल्न सकिन्छ। युजर–नेममा मोबाइलमा आएको कोड वा पेसेन्ट आइडी राखी पासवर्डमा आफ्नो थर राख्नुहोला।

११)    के मेरो नमुना रद्द (रिजेक्ट) हुने अवस्था हुन सक्छ?
कति नमुनाहरु ढुवानीको क्रममा पोखिएका या विभिन्न कारणले प्रोसेस गर्न नसकिने अवस्थामा नमुना रद्द (रिजेक्ट) हुन्छ। जस्तैः
–    फारम पूर्ण रुपमा नभरिएको, 
–    अति आवश्यक विवरण पनि नभरेको, 
–    अक्षर नबुझिने तथा गलत विवरण भरेको,

१२)    के एकैसाथ संकलन भएको नमुनाको रिपोर्ट सँगै नआउन सक्छ?
रिपोर्ट सँगै नआउन सक्छ, यसको निम्नलिखित कारण हुनसक्छ–
–    स्याम्पलहरु लट अनुसार प्रोसेस हुँदा
–    माथि उल्लेख भएझैं नेगेटिभ र पोजेटिभको रिपोर्ट फरक हुँदा 
–    उल्लेखित विवरण र गलत इन्ट्रीको कारणले पनि रिपोर्ट प्राप्त गर्नमा ढिला हुनेछ

१३)    के एक ठाउँमा टेष्ट गराएको रिपोर्ट हेरेर मनखुसी तवरले अर्को ल्याबमा परीक्षण गर्न–गराउन पाइन्छ?
पाइँदैन, यदि कुनै गुनासो भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गुनासो गर्न सकिने छ।

१४)    रिपोर्टमा व्यक्तिगत विवरण फरक पाउनु भएमा के गर्ने?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हकमा,  यदि रिपोर्टमा भएको विवरण सच्चाउनु पर्ने आवश्यक भएमा (परिचय खुल्ने) प्रमाण सहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिनुपर्ने हुन्छ। व्यक्तिगत रुपमा उपस्थित हुन नसकेमा नमुना संकलन गर्ने व्यक्तिको सहयोग लिने, सो पनि सम्भव नभएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको इमेल ([email protected]) मा प्रमाण सहितको निवेदन पठाउन सकिने छ।

१५)    किन रिपोर्टमा विवरण फरक हुन्छ?
नमुना साथ पठाइएको फारमको विवरणलाई आधार मानेर व्यक्तिगत विवरण कम्प्युटरमा प्रविष्ट हुन्छ। अति आवश्यक पर्ने विवरण कम्प्युटरमा भर्नैपर्ने गरी सेट गरिएको हुन्छ। तर केही फारमहरु पूर्ण रुपमा नभरिएको, अति आवश्यक विवरण पनि नभरेको, अक्षर नबुझिने तथा गलत विवरण भरेको पाइएको हुन्छ। थप केही विवरण टाइप गर्दा मानवीय त्रुटि पनि हुनसक्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हकमा भने सो अवस्थामा कसैसँग नमिल्ने कोडहरु राखेर अगाडि बढिन्छ। फोन नंको हकमा रिपोर्टमा उल्लेख भएको नम्बर नमुना संकलन गर्ने व्यक्ति–फोकल पर्सनको पनि हुनसक्छ। 

यदि नमुना संकलन गर्दा भरिने फारम राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाको वेबसाइटबाट निकाली पूर्ण रुपमा भरिएको अवस्थामा रिपोर्टमा फरक पर्ने विवरणको अवस्था न्यून हुन जानेछ।

१६)    'टेकुमा कोभिड-१९ को नमुना संकलन गरिरहेको छ,' 'रिपोर्ट टेकु गएको छ, त्यहीं बुझ्नु होला' जस्ता जिज्ञासा भएमाः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सबैले सुनेको र जानेको केन्द्रीय प्रयोगशाला हुनाले यही सोध्न आउने कार्य सामान्य देखिन्छ। तर टेकुमा कोभिडसँग सम्बन्धित काम गर्ने तीन वटा संस्था छन्– १. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल), २. इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) र ३. राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला। त्यसैले टेकुमा सम्पर्क गर्नुभन्दा पहिला आफ्नो काम कुन संस्थाले गरिरहेको छ भन्ने एकिन गरी सेवा लिनुहोला।

१७)    रिपोर्टको वैधानिकताबारे जिज्ञासा भएमाः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टका हकमा, कसैले पेस गरेको रिपोर्टको वैधानिकताबारे जिज्ञासा भएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको वेबसाइटमा लगइन गरेर त्यहाँ दिएको निर्देशन अनुसार सो रिपोर्ट हेर्नु या निकाल्नु होला। युजर–नेममा पेसेन्ट आइडी राखी पासवर्डमा व्यक्तिको थर राख्नुहोला।

१८)    रिपोर्ट गोपनीयताबारेः
आफ्नो मोबाइलमा रिपोर्टको लागि आएको म्यासेज असुरक्षित हुने तरिकाले जो कोहीलाई नदिनुहोला। आफ्नो रिपोर्ट समाजिक सञ्जालमार्फत पनि सार्वजनिक नगर्नुहोला। तपाइँको रिपोर्ट परिवर्तन गरेर अरुले दुरुपयोग गर्न सक्छन्।

(डा काफ्ले राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुका कन्सल्टेन्ट प्यथोलोजिस्ट हुन् भने गुप्ता राष्ट्रिय जनस्वास्थ प्रयोगशाला टेकुका सूचना अधिकारी हुन्।)

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  ११:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
भारी वर्षपछि कोलकाताको पूजा पण्डालमा भएको भागदौडमा १९ को मृत्यु, २५ घाइते आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण आइतबार, कात्तिक १, २०८३
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्