फाइल तस्बिर
काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगर-१२ का ७० वर्षीय पुरुषको उपचारका क्रममा नै प्रतिष्ठानमा निधन भएको जानकारी दिइएको छ।
ज्वरो, खोकी र श्वासप्रश्वासमामा कठिनाइ भएर अस्पताल भर्ना भएका उनी उच्च रक्तचापका रोगी थिए।
भदौ १६ गते प्रादेशिक ल्याब, विराटनगरमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। १७ गते दिउँसो साढे १ तिर प्रतिष्ठान भर्ना भएका उनको भदौ २८ गते दिउँसो सवा २ बजे मृत्यु भएको प्रतिष्ठान जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।