काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसीयुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ सय ९२ जना कोरोनासंक्रमित विभिन्न अस्पतालको आइसीयु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार २३ जना भेन्टिलेटरमा र १६९ जना संक्रमित आइसीयुमा उपचाररत रहेका छन्।
आइसीयुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ११७ जना आइसीयु र २० जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसीयु र १ जना भेन्टिलेटर, प्रदेश १ मा ६ जना आइसीयु र १ जना भेन्टिलेटरमा, सुदूरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ आइसीयुमा उपचाररत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।