काठमाडौं- पछिल्लो २४ घण्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसँगै नेपालमा ३८ हजार ६ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयमा आयाेजित नियमित ब्रिफिङमा दिइएकाे जानकारी अनुसार २४ घण्टामा ९ हजार १ सय ६५ जनाको पिसीआर परीक्षण भएको छ । योसँगै ८ लाख ४० सय हजार ५ सय २७ जनाको पिसीआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ।
कुन प्रदेशमा कति डिस्चार्ज ?
प्रदेश १ –३४४१
प्रदेश २– १०८३१
बाग्मती प्रदेशमा –७३८४
गण्डकी प्रदेशमा –२२१८
प्रदेश ५मा –६४६६
कर्णाली प्रदेशमा –२२८६
सुदूरपश्चिम प्रदेशमा ५८७१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।