काठमाडौं–कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ। संक्रिय संक्रमितको संख्या १५ हजार २ सय २६ रहेको छ भने हालसम्म ३ सय ३६ जनाले ज्यान गुमाएका छन्।
२१ देखि ३० वर्ष उमेर समूहका संक्रमित सबैभन्दा धेरै छन्। यो उमेर समूहका १३ हजार ६ सय ५६ पुरुष संक्रमित रहेका छन् भने ४ हजार ३ सय ५७ महिला संक्रमित छन्। संक्रमित धेरै हुने उमेर समूहमा दोस्रो नम्बरमा ३१ देखि ४० वर्ष छ। यो उमेर समूहमा १० हजार ७ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ।
२ हजार ८ सय ७१ जना महिला यो उमेर समूहका संक्रमित रहेका छन्।
कुन उमेर समूहका कति ?
०–१०
पुरुष ११२४
महिला ७७२
जम्मा १८९६
११–२०
पुरुष ४२९५
महिला १२१५
जम्मा ५५१०
२१–३०
पुरुष १३६५६
महिला ४३५७
जम्मा १८०१३
३१–४०
पुरुष १०७८२
महिला २८३१
जम्मा १३६१३
४१–५०
पुरुष ५४६८
महिला १६८७
जम्मा ७१५५
५१–६०
पुरुष २७७०
महिला १०५७
जम्मा ३८२७
६१–७०
पुरुष ११२५
महिला ५७६
जम्मा १७०१
७१–८०
पुरुष ४५६
महिला ३३८
जम्मा ७९४
८० माथि
पुरुष १४१
महिला १०५
जम्मा २४६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।