प्युठान–प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ।
जिल्लाको सरुमारानी गाउँपालिका ढुंगेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए।
कोरोना संक्रमण थप फैलिन नदिन तथा संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब संकलन गरी पठाउनका लागि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द गरिएका हुन्। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला भैरहवामा परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।