काठमाडौं- पछिल्लो २४ घण्टामा ८५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
हाल १५ हजार २६० जना सक्रिय संक्रमित छन्। यीमध्ये होम आइसलेसनमा ६ हजार १५३ छन् संस्थागत आइसोलेनमा ९ हजार १ सय ७ जना छन्।
आज १० हजार १७६ जनाको पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा नयाँ १२०१ जना सक्रमित पुष्टि भएका छन्।
हाल क्वारेन्टाइनमा ६ हजार ३५४ छन्।
पछिल्लो २४ घण्६ामा ८५२ जना निको भएका छन् भने ३७ हजार ५२४ जना हालसम्म निको भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।