काठमाडौं–पाटन अस्पताल ललितपुरमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
भक्तपुरका ७२ वर्षीय पुरुषको शुक्रबार राति ९.४५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। ती पुरुषको भदौ १७ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो।
यस्तै, भदौ १९ देखि अस्पतालमा उपचाररत काठमाडौंका ५१ वर्षीय पुरुषको गएराति २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।