काठमाडौं- ललितपुर जिल्ला अदालतले कोरोना महामारीलाई ख्याल गर्दै १७ प्रकारका सेवाहरु मात्र दिने निर्णय गरेको छ।
आइतबारदेखि लागू हुनेगरी जिल्ला अदालतले २६ गतेको फुलकोर्टको निर्णयको आधारमा यी सेवा दिन लागेको हो। जिल्ला अदालतले फिराद पत्र दिनको पाँचवटा त्यो पनि टोकनको आधारमा दर्ता गर्ने भएको छ। जरुरी पक्राउ पुर्जी तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति र म्याद थपको सेवा सञ्चालन गर्ने श्रेष्तेदार नागेन्द्र कालाखेतीले बताए।
कल डिटेलको अनुमति,अभियोगपत्र दर्ता,बयान र थुनछेक, रोक्का फुकुवा,बाल सुधार गृहमा बालवालिका जिम्मा लिने निवेदनजस्ता मुद्दाहरु सुनुवाई गर्ने भएको छ।
फरार प्रतिवादी ल्याउँदा अनिवार्य पिसिआर
जिल्ला अदाललते फरार प्रतिवादी प्रहरीले पक्राउ गरेर ल्याउदा वा आफैं अदालतमा उपस्थित हुदाँ पिसिआर रिर्पोट अनिवार्यरुपमा ल्याउनुपर्ने निर्णय गरेको छ। संक्रमणको उच्च जोखिम भएको र पक्राउ परेको व्यक्तिवाट संक्रमण न फैलियोस् भनेर यस्तो निर्णय अदालतले गरेको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।