काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३२२ पुगेको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।
५ वटा जिल्लाका १ महिला र ४ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मोरङमा ४० वर्षीया महिला, महोत्तरीमा ६५, धनुषामा ४५, काठमाडौंमा ७० र नवलपरासीमा ५५ वर्षीय पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नेपालमा हाल कुल मृत्युदर शून्य दशमलव ६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार पनि ५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।
पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या ५१ हजार ९१९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।
आज १० हजार ७ सय जनाको आज पिसिआर परीक्षण भएको छ। हाल ६ हजार ७८ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ९७२ जना निको भएका छन्। योसँगै कुल निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ।
पूर्ण विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।