काठमाडौं- काठमाडौं उपत्यकामा सांसदहरुले कोरोना भाइरस संक्रमणको महामारीमा देश आक्रान्त भइरहेकाले संसद विकास कोषको २०७६/०७७ र २०७७/०७८को रकम आइसोलेसन निर्माण र कोरोनाको रोकथामा खर्च गर्न माग गरेका छन्।
सभामुख अग्नीप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउदै सांसदहरुले कोरोनाको विषयमा सुझाव दिन एक संसदीय समिति गठनको माग पनि गरेका छन्। उनीहरुले यो महामारीको समयमा सञ्चार माध्यमलाई सक्रिय बनाउन र छलफलको दायर बढाउन माग गरेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी, प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी दलकासहित २० सांसदहरुले बुझाएका हुन्। माधवकुमार नेपाल, प्रकाशमान सिंह, शशि श्रेष्ठ, गगनकुमार थापा, राजेन्द्र श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठलगायत रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।