नयाँ दिल्ली- भारतमा राष्ट्रिय जनसंख्यामा आधारित पहिलो सिरो सर्वेक्षणले मे महिनाको शुरुसम्ममा कुल जनसंख्याको ०.७३ प्रतिशत वयस्क व्यक्तिमा कोरोना संक्रमण हुन सक्ने अनुमान गरेको छ। सो सर्वेक्षण अनुसार ६४ लाख भारतीय वयस्क व्यक्तिमा कोरोना संक्रमण हुने आँकलन गरेको हो।
आइसिएमआरको यो सर्वेक्षण र्यानडम स्याम्पलिङ विधिबाट गरेको हो। यो सर्वेक्षणका लागि २१ राज्यका ७० जिल्लाका ७०० गाउँ/वडाका समुदायका व्यक्तिहरू सहभागी थिए।
यसरी सर्वेक्षण गरिएकोमा शून्य संक्रमित भएका भारतका १५ जिल्लासमेत समावेश भएका छन्। कम संक्रमित भएका २२ जिल्ला, मध्यम संक्रमित भएको १६ जिल्ला र बढी प्रभावित १७ जिल्ला रहेका छन्।
सर्वेका लागि कुल ३० हजार २ सय ८३ परिवारसम्म पुगेका थिए। यीमध्ये २८ हजारले सर्वेक्षणमा सहभागी भएका थिए। सर्वेक्षणमा ४८.५ प्रतिशत १८ देखि ४५ वर्ष बीचको उमेर समूहका मानिस थिए। ५१.५ प्रतिशत अर्थात् १४ हजार ३ सय ९० जना महिला थिए। १८–४५ वर्ष उमेरका थिए।
भारतमा अहिले ४६ लाख नजिक संक्रमित रहेको देश भएको छ। दैनिक ९० हजार भन्दा धेरै संक्रमित थपिएका छन्। भारत अहिले विश्वकै धेरै संक्रमित पुष्टि भएका देशको दोस्रो नम्बरमा भारतमा छ। भारतभन्दा अघि अमेरिका रहेको छ। यसअघि दोस्रो नम्बरमा रहेको ब्राजिल अहिले तेस्रो नम्बरमा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।