काठमाडौं–नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये १० वर्षमुनिका बालबालिकाको संख्या १९७५ रहेको छ। नेपालमा संक्रमितको संख्या ५० हजार नाघेको छ। हाल १४ हजार ४ सय ४८ जना संक्रिय संक्रमित रहेका छन्। मृत्यु भएका ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार कूल संक्रमितमध्ये १० वर्षमुनिका १७ सय ९५ बालवालिका रहेका छन्। तीमध्ये पुरुष १०५६ र महिला ७३९ रहेका छन्।
यस्तै, ८० वर्षमाथिका २ सय २२ जना संक्रमित रहेका छन्, जसमा पुरुष १ सय २६ र महिला ९६ जना संक्रमित रहेका छन्। सबैभन्दा धेरै संक्रमणको चपेटामा २१ देखि ३० वर्ष उमेर समूहका मानिस रहेका छन्। यो उमेर समूहका १७ हजार २ सय ६१ जना संक्रमित रहेका छन्। जसमा महिला ४१ सय १ र पुरुष १३ हजार १ सय ६० जना संक्रमित छन् ।
कुन जिल्लामा कति बालबालिका संक्रमित?
तनहुँ ६
लमजुङ ८
बर्दिया ९
प्युठान ११
जुम्ला ३
कैलाली १४०
भक्तपुर २५
स्याङ्जा १४
रोल्पा २
डोटी १३२
बागलुङ ५
सुनसरी ३१
कास्की ५
रौतहट ६६
महोत्तरी २९
रुपन्देही ५४
ललितपुर ४६
काठमाडौ २२८
धनुषा ४७
पर्सा ६१
अछाम ९३
नवलपरासी १४
सिन्धुली २
दाङ २३
चितवन ३०
सिन्धुपाल्चोक २
दोलखा ३
सुर्खेत ३९
बाँके ३९
नवलपरासीपूर्व ९
नुवाकोट ३
उदयपुर २
मकवानपुर २४
मोरङ ७१
डडेलधुरा १९
सल्यान ५
सप्तरी ४१
दैलेख ४०
सर्लाही ५४
गोरखा १३
गुल्मी १८
बाजुरा ६४
अर्घखाची १६
धादिङ ७
पर्वत ३
बाजुरा २८
म्याग्दी २
कालिकोट ७
सिराहा ४
वझाङ ६७
झापा ११
काभ्रेपलान्चोक ९
कञ्चनपुर ३७
जाजरकोट ३
रुकुप पश्चिम २
बर्दिया १८
कपिलबस्तु ३७
पाल्पा १०
एक जनामात्र संक्रमित रहेको जिल्ला
इलाम, खोटाङ,दार्चुला र मुगु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।