काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका बाहिर जान थप कडाइ गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले कडाइ गरिएको जानकारी गराएको हो। कोरोना महामारीका कारण थप कडाइ गर्नुपरेको प्रशासनले स्पष्ट पारेको छ।
अत्यावश्यक काम परी बाहिरी जिल्लामा जानु परेको अवस्थामा अब गन्तव्य जिल्लाको प्रशासनले उपलब्ध गराएको आगमन अनुमति, सम्बन्धित स्थानीय तहको सिफारिस लिएर जानुपर्ने व्यक्ति स्वयं जिल्ला प्रशासनमा उपस्थित हुनुपर्ने छ। यसका साथै जानै पर्ने काम पर्ने कागजातसमेत जिल्ला प्रशासनमा पेस गर्नुपर्ने व्यवस्था समेत अनिवार्य गरिएको छ।
अत्यावश्यक काम परेको खण्डमा मात्र उपत्यका बाहिर जान पाइनेछ। दाह संस्कार, कर्मचारीको सरुवालगायतका अत्यावश्यक काम परेको खुल्ने विवरण पेस नगरी काठमाडौं उपत्यका बाहिर जान नपाइने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ।
तोकिएका सबै प्रक्रिया र कागजात पेस नगरी काठमाडौं जिल्ला बाहिर आवतजावत गर्न नपाइने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।