काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट पुरुष टिमका खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) बाट रकम आएसँगै खेलाडीहरुले एक वर्षको तलब एकमुष्ट पाएका हुन्।
क्यानले राष्ट्रिय टिममा रहेका खेलाडीले वर्गीकरण सम्झौता भन्दा मासिक १० हजार रुपैयाँ बढी रकम पाएको विज्ञप्तीमार्फत जनाएको छ। क्यानको पहलमा खेलाडीको मासिक तलबमा १० हजार रुपैयाँ वृद्धि गर्न आइसिसी सहमत भएको हो।
राष्ट्रिय टिमका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरेर त्यहीअनुसार तलब दिइएको हो। जसमा ए श्रेणीका खेलाडीले ४५ हजार, बी श्रेणीका खेलाडीले ३५ हजार र सी श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँको दरले तलब पाएका छन्। एकमुस्ट आउँदा ए श्रेणीका खेलाडीले ५ लाख ४० हजार, बी श्रेणीका खेलाडीले ४ लाख २० हजार र सी श्रेणीका खेलाडीले ३ लाख रुपैयाँ पाएका छन्।
कुन श्रेणीमा को को?
ए श्रेणी– पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी
बी श्रेणी– आरिफ शेख, बसन्त रेग्मी, अभिनाश बोहोरा, पवन सर्राफ, रोहित पौडेल, सन्दिप जोरा, सुसन भारी, ललित नारायण राजवंशी
सी श्रेणी– रसिद खान, इशान पाण्डे, राजु रिजाल, प्रदिप ऐरी, कुशल मल्ल, कुशल भुर्तेल।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।