काठमाडौं–नेपालमा कोरोनाबाट सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका मानिस संक्रमित भएका छन्। नेपालमा कूल संक्रमितको संख्या ४९ हजार ९ सय १९ रहेकोमा यो उमेर समूहका संक्रमितको संख्या १६ हजार ८ सय ९० छ। हालसम्म ३ सय १२ संक्रमितले ज्यान गुमाएका छन्।
२१ देखि ३० वर्ष उमेर समूहका संक्रमितमध्ये पुरुषको संख्या १२ हजार ९ सय १५ र महिला ३ हजार ९ सय ७५ छन्। यस्तै, १० वर्षमुनिका बालबालिका र ८० वर्ष माथिका ज्येष्ठ नागरिकमा पनि संक्रमण पुष्टि भएको छ।
कूल ३ सय १२ जनाको मृत्यु भइसकेकोमा ६१ देखि ७० वर्ष उमेर समुहका मानिस घेरै छन्। यो उमेर समुहका ७०जनाले ज्यान गुमाएका छन्। यस्तै, ५१ देखि६० वर्ष उमेर समुहका ५७ जनाले ज्यान गुमाएका छन्।
कुन उमेर समूहका कति संक्रमित, कतिकाे मृत्यु
उमेर समूह पुरुष महिला कुल मृत्यु
०–१० १०३२ ७१९ १७५१ ६
११–२० ४१४२ ११०० ५२४२ ७
२१–३० १२९१५ ३९७५ १६८९० १६
३१–४० १००३६ २५४० १२५७६ ३६
४१–५० ५०४१ १५१७ ६५८५ ५१
५१–६० २५५४ ९३४ ३४८८ ५७
६१–७० १००० ५०७ १५०७ ७०
७१–८० ३९८ २८८ ६८६ ४३
८० माथि ११८ ९० २०८ ३६
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।