काठमाडौं–-इन्डियन प्रिमियर लिग (आइपिएल) टिम चेन्नाई सुपर किंग्सका खेलाडी दीपक चाहार कोरोना संक्रमणमुक्त भएका छन्।
बुधबार रिपोर्ट नेगेटिभ आएसँगै अब दीपक टिममा फर्किने भएका छन्। करिब एक साताअघि चेन्नाई सुपर किंग्सका १३ सदस्यमा कोरोना संक्रमण देखिएको थियो। जसमा स्टाफ र केही खेलाडीमा कोरोना देखिएको थियो। कोरोना भाइरस देखिएपछि दीपक आइसोलेसनमा बस्दै आएका थिए। उनी निको भएसँगै आसन्न आइपिएल खेल्न टिममा फर्किने क्लबले जानकारी दिएको छ।
यस पटक भने चेन्नाईबाट हरभजन सिंह र सुरेश रैनाले भने आइपिएल खेल्ने छैनन्। व्यक्तिगत कारण देखाउँदै दुवै खेलाडी यो संस्करणको आइपिएलबाट बाहिरिएका छन्।
आइपिएल आउँदो सेप्टेम्बर १९ तारिखदेखि नोभेम्बर १० सम्म युएईमा हुँदैछ। भारतमा कोरोनाको उच्च जोखिम भएपछि युएईमा आइपिएल हुन लागेको हो। केही दिनअघि मात्रै आइपिएलको खेल तालिका सार्वजनिक भएको छ। तालिका अनुसार चेन्नाई सुपर किंग्सले उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन्स मुम्बई इन्डियन्ससँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।