काठमाडौं- भदौ ३ गते देखि जारी निषेधाज्ञा खुकुलो पारेसँगै सहकारी तथा वित्तीय संस्थाहरू सञ्चालन गर्ने समय निर्धारण गरिएको छ।
नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गरी काठमाडौं उपत्यकाभित्र सहकारी संस्थाहरू बिहान ११ बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन गर्न सकिने जिल्ला प्रशासनको सूचनामा उल्लेख छ।
त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्री वितरण गर्ने पसल र व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म खोल्न सकिने सूचनामा उल्लेख छ।
त्यस्तै टेक अवे सेवा साथै अनलाइन डेलिभरी सेवा उपलब्ध गराउन स्वास्थ्यको मापदण्ड पालना गरी दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।