काठमाडौं- सरकारले कारोना नियन्त्रण तथा रोकथामका लागि भन्दै काठमाडौं उपत्यकामा जारी ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केही खुकुलो पार्ने भएको छ।
उपत्यकाका ३ जिल्लाका सिडियोहरुले संयुक्त रुपमा उपत्यकाभित्र सञ्चालनमा रहेका फटपाथ पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ।
फुटपाथ तथा ठेला व्यापार भने बिहान ११ बजेसम्म र बेलुका ४ बजेदखि ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ।
यसैगरी स्टेसनरी, डिपार्टमेन्ट स्टोर, ईलेक्ट्रिक तथा ईलेक्ट्रोनिक्स पसल पनि बिहान ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म खुल्ला गर्न पाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।