काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १६२ जना संक्रमित आइसियूमा उपचाररत छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०१ जना रहेको छ। यस्तै बागमतीमा २१ जना संक्रमित भेन्टिलेटरमा छन् ।
त्यस्तै प्रदेश १ मा ५ जना आइसियू रहेका छन्।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा २४, प्रदेश ५ मा २० आइसियू र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ६ र सुदुरपश्चिममा १ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।