काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४९ हजार २१९ जना पुगेको छ।
हाल देशभर १५ हजार २५ जना सक्रिय संक्रमित छन् भने यीमध्ये ७ हजार ९८८ जना छन्। होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ जना
हाल देशभर ५ हजार ४८० क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा ९१८ संक्रमणमुक्त भएका छन्। योसँगै ३३ हजार ८८२ जना निको भएका छन्। यो कुल संक्रमितको ६८.८ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।