काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा खुकुलो बनाउने गरी मोडल तयार गरेका छन्।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो बनाउने गरी मोडल तयारी गरिरहेको गृह मन्त्रालयले जनाएको छ।
गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले निषेधाज्ञाको मोडलबारे कुरा गर्दै नेपाल लाइभसँग भने, ‘यसबारेमा उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरु छलफलमा हुनुहुन्छ। धेरै ठाउँबाट निषेधाज्ञा खुकुलो पार्नुपर्छ भन्ने सुझाव आएको र सोही अनुसारको मोडलमा काम भइरहेको सिडिओसापहरुले जानकारी गराउनु भएको छ।’
खुकुलो पार्नेगरी मोडलमा काम भइरहेको भने पनि कसरी खुकुलो पार्दै जाने भन्नेबारे कुनै निर्णय भइसकेको छैन।
कोरोना भाइरस (कोभिड-१९)को माहामारीका कारण पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ। दोस्रो पटक एक साताका लागि थप गरिएको निषेधाज्ञा बुधबार राति १२ बजेबाट सकिँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।