काठमाडौं–गण्डकी प्रदेशमा २८ सय८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ सय ६ जना महिला रहेका छन्। गण्डकीका ११ वटै जिल्लामा संक्रमित फेला परेका छन्।
सबैभन्दा धेरै संक्रमित नवलपरासीपूर्वमा रहेका छन्। धेरै संक्रमित महिलाको संख्या भने कास्कीमा रहेको छ। कास्कीमा १सय ६८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मनाङ र मुस्ताङमा महिला संक्रमितको संख्या शून्य छ। यो प्रदेशमा पहिलो संक्रमित बागलुङमा फेला परेका थिए। अहिले धेरै संक्रमित कास्की र स्याङजामा देखिन थालेका छन् ।
यस्तो छ जिल्लागत विवरण
बाग्लुङ ३२४
महिला४९
गोरखा २७३
महिला६५
कास्की ५२९
महिला१६८
लमजुङ २९५
महिला ५८
मनाङ ३
महिला ०
मुस्ताङ३
महिला ०
म्याग्दी ५३
महिला ६
पर्वत ११७
महिला १७
स्याङजा ३५४
महिला ५०
तनहुँ ३३२
महिला ६३
नवलपरासीपूर्व ६००
महिला १३०
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।