काठमाडौं–चितवन र ललितपुरमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ६७ वर्षीय पुरुषको ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। संक्रमित पुरुषको उपचारका क्रममा मंगलबार साँझ ५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार ललितपुरमा मंगलबार थप ३९ जनामा कोरोना संक्रमण देखिएको छ। १८ पुरुष र २१ महिला संक्रमित मंगलबार राति ८ बजेसम्म थप भएको पनि कार्यालयले जनाएको छ।
यस्तै, मिर्गौला फेल भएर भरतपुर अस्पतालमा डायलाइसिस गराइरहेका एक संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
नवलपरासीको देवचुली नगरपालिका(१ बस्ने ६४ वर्षीय पुरुषको मंगलबार साँझ ५स्३० बजे उपचारका क्रममा मृत्यु भएको हो। मिर्गौला फेल भएर डायलाइसिस गराइरहेका ती पुरुषमा १७ गते कोरोना संक्रमण देखिएको थियो। उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो। अस्पतालको आइसीयुमा उपचाररत उनको दीर्घ मिर्गौला रोग, उच्च रक्तचाप र कोभिड(१९ निमोनियाको संक्रमणका कारण निधन भएको अस्पतालले जनाएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार उनको मृत्युसँगै प्रदेशमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।