काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितमध्ये ३०६ पुगेको छ। यी मध्ये पर्साका दुई जना छन्।
देशभर १ महिला र ५ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा २ हजार २८७ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या ३२ हजार ९६४ निको भएको र यो कुल संक्रमितको ६८ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल १४ हजार ८६८ जना सक्रिय संक्रमित छन्। यीमध्ये ८ हजार ५३ जना संस्थागत आइसोलेनमा छन् भने होम आइसोलेसनमा ६ हजार ८१५ छन्।
विस्तृतमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।