काठमाडौं- निजी हवाई सेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान संक्रमणरहित हुने बताएका छन्। वायुसेवा संचालक संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयललाई उडान सुरु गर्नुपर्ने भन्दै बुझाएको पत्रका उडान संक्रमित हुने विश्वास दिलाउने उल्लेख छ।
संघले मन्त्रीलाई दिएको पत्रमा कन्ट्याक्ट ट्रेसिङका लागि समेत सेवा सञ्चालकहरुले सफ्टवेयर अपडेट गराइसकेको उल्लेख छ।
‘सरकारको अनुरोधमा केही घन्टामा सबै विवरण तथा जानकारी उपलब्ध गराउन सक्छौं,’ पत्रमा भनिएको छ, ‘तसर्थ आन्तरिक उडान सुरु हुनुपर्छ।’
जहाजको यात्रा नै सुरक्षित र संक्रमणरहित हुने गरेको अन्य देशको उडानबाट थाहा भइसकेकाले अब आन्तरिक उडान बन्द गर्न नहुने संघको भनाइ छ।
अहिले जहाज नउडेपनि जहाज मर्मत, हवाई इन्धन, बीमा प्रिमियम, बैंक ब्याजदर, सञ्चालन खर्चलगायत अन्यमा सेवा प्रदायकको खर्च भइरहेको संघले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।