• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस २९, २०८२ Tue, Jan 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वीर अस्पतालका ७० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कसरी गर्ला उपचार?

२ सय ४७ कर्मचारी रुष्ट
कमला गुरुङ मंगलबार, भदौ २३, २०७७  १५:३१
1140x725

काठमाडौं- देशकै पुरानो वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गते कोभिड अस्पताल बनाउने घोषणा गर्‍यो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरेको हो। 

यसअघि पनि यहाँ कोरोना संक्रमितको उपचार नभएको भने होइन। साउन २३ गते वीर अस्पतालमा पहिलो पटक कोरोना संक्रमित भर्ना भएका थिए। गएको एक महिनामा मात्र वीर अस्पतालमा १ सय ३ कोरोना संक्रमित भर्ना भएको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत कार्कीले बताए।  

कुल संक्रमितमध्ये हालसम्म २१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालमा उचपाररत तीन जना संक्रमितको मृत्यु भएको छ। डा कार्कीका अनुसार हाल अस्पतालमा ६९ जना संक्रमित उपचाररत छन्। 

कोभिड अस्पतालको रुपमा परिणत भएपछि वीरमा कोरोना संक्रमितको उपचारका लागि १ सय १० शय्याको व्यवस्था गरिएको छ। यसअघि कोरोना संक्रमितको उपचारका लागि अस्पतालले ६५ शय्याको मात्र व्यवस्था गरिएको थियो। 

कोभिडका लागि हाल १ सय १० शय्या छुट्याइए पनि आवश्यकताअनुसार शय्या क्षमता बढाउँदै लैजाने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। उनले भने, ‘कोभिड अस्पताल भइसकेपछि हामीले हाल १ सय १० शय्याको व्यवस्था गरेका छौं। आवश्यकता अनुसार शय्या बढाउँदै लैजान्छौं।’ 

उनका अनुसार अस्पतालको ओपिडीमा बिरामीको परीक्षण गरिन्छ। त्यसपछि कोरोना पोजेटिभ देखिएका बिरामीलाई अस्पतालमा भर्ना गरिने उनले बताए। नेगेटिभ आएका र थप उपचार आवश्यक पर्ने बिरामीलाई भने अस्पतालले राष्ट्रिय ट्रमा सेन्टर पठाउँछ। 

कोभिड अस्पतालमा परिणत भए पनि वीरमा कोरोना संक्रमितको मात्र उपचार हुने भने होइन। वीरलाई कोभिड अस्पताल बनाइए पनि इमर्जेन्सी, डायलाइसिस र नेफ्रोलोजी सेवा यहींबाट दिइने निर्देशक सेन्चुरीले जानकारी दिए। अन्य उपचारको व्यवस्था भने ट्रमा सेन्टरमा व्यवस्थापन गरिएको छ। 

उनले भने, ‘वीरमा कोभिडको मात्र उपचार हुने होइन। यहाँ आउने बिरामीको हामी स्क्रिनिङ गर्छौं। पोजेटिभ आउनेको यहीं र नेगेटिभ आउनेको ट्रमा सेन्टरमा उपचार हुन्छ।’

Ncell 2
Ncell 2

वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरिए पनि यसको व्यवस्थापन त्यति सहज देखिँदैन। किनभने कोरोना संक्रमितको उपचार हुनु एक दिनअघि वीरमा पहिलो पटक स्वास्थ्यकर्मी नै संक्रमित भएका थिए। साउन २२ गते पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित भएयता संक्रमित स्वास्थ्यकर्मीको संख्या ७४ पुगेको छ। 

वीर अस्पतालका करिब ६ दर्जन स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने बाँकी केही स्वास्थ्यकर्मी अस्पतालको व्यवस्थापनप्रति रुष्ट छन्। अस्पतालका करार, ज्यालादारी र अस्थायी गरी २ सय ४७ जना कर्मचारीले दुई महिना मात्र म्याद थप गरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्। 

स्वास्थ्य मन्त्रालयले ६ महिना म्याद थप गर्ने निर्देशन दिए पनि अस्पतालले दुई महिना मात्र म्याद थप गरेको भन्दै उनीहरु व्यवस्थापनप्रति रुष्ट देखिन्छन्। अस्पतालले ६ महिनाको म्याद थप नगरे आन्दोलनमा समेत उत्रन बाध्य हुने उनीहरु बताउँछन्।  

अस्पतालका एक कर्मचारी भन्छन्, ‘पीडित अस्थाई, करार र ज्यालादारी कर्मचारीलाई महामारीमा खटाएर भदौ मसान्तदेखि हटाएर असोजदेखि आफू निकटलाई राख्ने योजना निर्देशक र रेक्टरको छ।’

आफूहरुले पर्याप्त मात्रामा पिपिई, मास्क लगायत सुरक्षा सामग्री समेत नपाएको ती कर्मचारीको गुनासो छ। अस्पतालले क्वारेन्टाइन, आइसोलेसनको पनि राम्रो व्यवस्थापन नगरेको उनीहरुको गुनासो छ। 

अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफूहरु जोखिममा पर्दै गएको वीर अस्पतालका कर्मचारीहरु बताउँछन्। कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनको व्यवस्थापन राम्रो नहुँदा स्वास्थ्यकर्मी संक्रमित हुँदै गएको उनीहरुको भनाइ छ। 

अस्पतालका एक कर्मचारीले भने, ‘यी विषयमा हामीले निर्देशकसँग कुरा राख्दा सुन्दै सुनेनन्। हाम्रा यी माग पूरा नभए आन्दोलन गर्न बाध्य हुनेछौं।’

सरकारले कोभिड अस्पतालको रुपमा वीरलाई परिणत गरे पनि यसको व्यवस्थापन चुनौतीपूर्ण भएको निर्देशक डा सेन्चुरी बताउँछन्। कर्मचारीको व्यवस्थापन, भौतिक संरचना र पूर्वाधार आफ्नो लागि चुनौती भएको उनले बताए। 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने भएकाले यो सहज नभएको उनले बताए। कोभिड भत्ता समेत उपलब्ध गराउन नसकेको उनी स्वीकार्छन्। 

सरकारले यसअघि काठमाडौं उपत्यकाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित नेपाल एपिएफ अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १५:३१
  • #वीर-अस्पताल
  • #BirHospital

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित)
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्