• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

वीर अस्पतालका ७० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण, कसरी गर्ला उपचार?

२ सय ४७ कर्मचारी रुष्ट
कमला गुरुङ मंगलबार, भदौ २३, २०७७  १५:३१
1140x725

काठमाडौं- देशकै पुरानो वीर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गते कोभिड अस्पताल बनाउने घोषणा गर्‍यो। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरेको हो। 

यसअघि पनि यहाँ कोरोना संक्रमितको उपचार नभएको भने होइन। साउन २३ गते वीर अस्पतालमा पहिलो पटक कोरोना संक्रमित भर्ना भएका थिए। गएको एक महिनामा मात्र वीर अस्पतालमा १ सय ३ कोरोना संक्रमित भर्ना भएको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत कार्कीले बताए।  

कुल संक्रमितमध्ये हालसम्म २१ जना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालमा उचपाररत तीन जना संक्रमितको मृत्यु भएको छ। डा कार्कीका अनुसार हाल अस्पतालमा ६९ जना संक्रमित उपचाररत छन्। 

कोभिड अस्पतालको रुपमा परिणत भएपछि वीरमा कोरोना संक्रमितको उपचारका लागि १ सय १० शय्याको व्यवस्था गरिएको छ। यसअघि कोरोना संक्रमितको उपचारका लागि अस्पतालले ६५ शय्याको मात्र व्यवस्था गरिएको थियो। 

कोभिडका लागि हाल १ सय १० शय्या छुट्याइए पनि आवश्यकताअनुसार शय्या क्षमता बढाउँदै लैजाने अस्पतालका निर्देशक डा केदार सेन्चुरीले बताए। उनले भने, ‘कोभिड अस्पताल भइसकेपछि हामीले हाल १ सय १० शय्याको व्यवस्था गरेका छौं। आवश्यकता अनुसार शय्या बढाउँदै लैजान्छौं।’ 

उनका अनुसार अस्पतालको ओपिडीमा बिरामीको परीक्षण गरिन्छ। त्यसपछि कोरोना पोजेटिभ देखिएका बिरामीलाई अस्पतालमा भर्ना गरिने उनले बताए। नेगेटिभ आएका र थप उपचार आवश्यक पर्ने बिरामीलाई भने अस्पतालले राष्ट्रिय ट्रमा सेन्टर पठाउँछ। 

कोभिड अस्पतालमा परिणत भए पनि वीरमा कोरोना संक्रमितको मात्र उपचार हुने भने होइन। वीरलाई कोभिड अस्पताल बनाइए पनि इमर्जेन्सी, डायलाइसिस र नेफ्रोलोजी सेवा यहींबाट दिइने निर्देशक सेन्चुरीले जानकारी दिए। अन्य उपचारको व्यवस्था भने ट्रमा सेन्टरमा व्यवस्थापन गरिएको छ। 

उनले भने, ‘वीरमा कोभिडको मात्र उपचार हुने होइन। यहाँ आउने बिरामीको हामी स्क्रिनिङ गर्छौं। पोजेटिभ आउनेको यहीं र नेगेटिभ आउनेको ट्रमा सेन्टरमा उपचार हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा परिणत गरिए पनि यसको व्यवस्थापन त्यति सहज देखिँदैन। किनभने कोरोना संक्रमितको उपचार हुनु एक दिनअघि वीरमा पहिलो पटक स्वास्थ्यकर्मी नै संक्रमित भएका थिए। साउन २२ गते पहिलो पटक स्वास्थ्यकर्मी संक्रमित भएयता संक्रमित स्वास्थ्यकर्मीको संख्या ७४ पुगेको छ। 

वीर अस्पतालका करिब ६ दर्जन स्वास्थ्यकर्मी संक्रमित भएका छन् भने बाँकी केही स्वास्थ्यकर्मी अस्पतालको व्यवस्थापनप्रति रुष्ट छन्। अस्पतालका करार, ज्यालादारी र अस्थायी गरी २ सय ४७ जना कर्मचारीले दुई महिना मात्र म्याद थप गरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्। 

स्वास्थ्य मन्त्रालयले ६ महिना म्याद थप गर्ने निर्देशन दिए पनि अस्पतालले दुई महिना मात्र म्याद थप गरेको भन्दै उनीहरु व्यवस्थापनप्रति रुष्ट देखिन्छन्। अस्पतालले ६ महिनाको म्याद थप नगरे आन्दोलनमा समेत उत्रन बाध्य हुने उनीहरु बताउँछन्।  

अस्पतालका एक कर्मचारी भन्छन्, ‘पीडित अस्थाई, करार र ज्यालादारी कर्मचारीलाई महामारीमा खटाएर भदौ मसान्तदेखि हटाएर असोजदेखि आफू निकटलाई राख्ने योजना निर्देशक र रेक्टरको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

आफूहरुले पर्याप्त मात्रामा पिपिई, मास्क लगायत सुरक्षा सामग्री समेत नपाएको ती कर्मचारीको गुनासो छ। अस्पतालले क्वारेन्टाइन, आइसोलेसनको पनि राम्रो व्यवस्थापन नगरेको उनीहरुको गुनासो छ। 

अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र लापरबाहीले आफूहरु जोखिममा पर्दै गएको वीर अस्पतालका कर्मचारीहरु बताउँछन्। कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनको व्यवस्थापन राम्रो नहुँदा स्वास्थ्यकर्मी संक्रमित हुँदै गएको उनीहरुको भनाइ छ। 

अस्पतालका एक कर्मचारीले भने, ‘यी विषयमा हामीले निर्देशकसँग कुरा राख्दा सुन्दै सुनेनन्। हाम्रा यी माग पूरा नभए आन्दोलन गर्न बाध्य हुनेछौं।’

सरकारले कोभिड अस्पतालको रुपमा वीरलाई परिणत गरे पनि यसको व्यवस्थापन चुनौतीपूर्ण भएको निर्देशक डा सेन्चुरी बताउँछन्। कर्मचारीको व्यवस्थापन, भौतिक संरचना र पूर्वाधार आफ्नो लागि चुनौती भएको उनले बताए। 

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमितको उपचारका लागि भौतिक संरचनाको व्यवस्थापन गर्नुपर्ने भएकाले यो सहज नभएको उनले बताए। कोभिड भत्ता समेत उपलब्ध गराउन नसकेको उनी स्वीकार्छन्। 

सरकारले यसअघि काठमाडौं उपत्यकाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित नेपाल एपिएफ अस्पताललाई कोभिड विशेष अस्पताल बनाएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १५:३१
  • #वीर-अस्पताल
  • #BirHospital

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्