काठमाडौं- नेपाल पर्यटन बोर्डले 'पर्यटन रिभाइभल टाक्सफोर्स' गठन गरेको छ। सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताका बीचमा बोर्डले निजी क्षेत्रको सथामा ट्रास्कफोर्स गठन गरेको हो।
सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले सरभाइभल र रिभाइभलका योजना अगाडि सार्दै टास्क फोर्स गठन गरेको छ।
बोर्डले पाटा र सम्पूर्ण पर्यटन क्षेत्रका संघ संस्थाहरू एवं अग्रजपर्यटन व्यवसायीहरु समेतलाई सल्लाहकारको रुपमा समेटी बोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा पर्यटन टास्क फोर्स गठन गरेको हो। साथै काम पनि सुरु भएको बोर्डले जनाएको छ।
कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनी अन्तर्राष्ट्रिय अभ्यासहरू समेतको अध्ययन गरी आफ्ना सुझावहरु निरन्तर दिनेछ भने सोअनुसार सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पुर्याउनेछ।
उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधीहरुलाई सुरक्षित ढंगले कसरी अघि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निराश हुँदै गएका व्यवसायी तथा मजदूरहरुलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने सुझाव पनि दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।