काठमाडौं- पछिल्लो २४ घण्टामा १ हजार ७ सय ३६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म ३० हजार ६७७ जना निको भएर घर फर्किएका छन्। यो कुल संक्रमितको ६५ प्रतिशत भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।
हाल १७१ जना आइसियू र भेन्टिलेटरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।