काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४७ हजार २३६ जना पुगेको छ।
हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।
२४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७३६ छन्। हालसम्म ३० हजार ६७७ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो। हाल १७१ जना आइसियू र भेन्टिलेटरमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।