काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रिमत थपिएका छन्। योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ हजार ५ सय ८१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ संक्रमित थपिएका हुन्।
हाल १६ हजार २५९ जना सक्रिय संक्रमित छन् भने ९ हजार ६९ जना संस्थागत आइसोलेसनमा छन्। हाल ७ हजार १९० जना होम आइसोलेसनमा छन्। आज ९ हजार २१८ जना पुगेको छ। हाल ४ हजार ७३९ जना क्वारेन्टाइनमा छन्।
२४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार ७३६ छन्। हालसम्म ३० हजार ६७७ पुगेको छ। यो कुल संक्रमितको ६५ प्रतिशत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।