काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का फोनिक्स कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन्।
आइतबार फोनिक्स कलेज अफ म्यानेजमेन्टका प्राचार्य डाक्टर विनोदबहादुर खत्री र पूर्वकप्तान पारस खड्काले २ वर्षको लागि सम्झौता गरेका छन्। पारसले यसै कलेजबाट यही सेम्टेम्बरदेखि सुरु भएको एम. बी. ए. अध्ययन गरिरहेका छन्। सम्झौतासँगै पारसले खेलाडीहरुको लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक रहने बताएका छन्।
उनले भने, ‘शिक्षित खेलाडीले खेल करिअर, विश्व र खेललाई बुझ्न राम्ररी सक्षम हुन्छ। त्यसैले म एम. बी. ए. अध्ययन गर्न गरिरहेको हुँ।’ पूर्वकप्तान पारसले यसअघि स्नातक तहसम्मको अध्ययन गरेका थिए।
कलेजका प्राचार्य डाक्टर खत्रीले पारस राम्रा खेलाडीमात्रै नभएर राम्रो विद्यार्थी समेत भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।