काठमाडौं- अर्थ मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ता र सम्बद्ध अधिकारीहरूसँग कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा परामर्श सुरू भएको छन्।
आइतबार साँझ ६ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा निजी क्षेत्रका नेतृत्वकर्ता र सम्बद्ध अधिकारीहरूसँग ‘कोभिड-१९’ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभावका सम्बन्धमा परामर्श गरिने बताइएको छ।
सरकारले चैत ११ गते लकडाउन घोषणा गरेपछि अर्थतन्त्र चलायमान हुन सकेको छैन। प्रायजसो अधिकांश क्षेत्र ठप्प छन्।
पछिल्लो समयको निषेधाज्ञाले अर्थतन्त्रलाई झन् बढी प्रभाव पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।