काठमाडौं- अर्थ मन्त्रालयको समेत कार्यभार सम्हाल्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा कोभिडले पारेको असरबारे छलफल गर्न व्यवसायीहरूलाई बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा साढे ५ बजेका लागि छलफल राखिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
कोभिडको प्रभाव असर र आगामी दिनमा केकस्ता उपाय अवलम्बन गर्न सकिन्छ भनेर प्रधानमन्त्री ओलीले छलफल राखेको स्रोतको भनाइ छ।
आफूहरूलाई छलफलका लागि प्रधानमन्त्रीले बालुवाटार बोलाएको र त्यसतर्फको यात्राकै क्रममा रहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्।
बैठकमा महासंघका साथै नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाका प्रतिनिधिहरूलाई बोलाइएको छ। अहिले व्यावसायीहरू बालुवाटार जाने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।